Sunday, November 24, 2013

धनभन्दा बिद्या नै ठुलो ।


बास्तबमा धन भन्दा बिद्या कयौँ गुणा ठूलो छ । बिद्या आर्ज गरेर कहिल्यै सकिदैन तर पनि पढिरहनु पर्छ ।  बिद्या यस्तो चिज हो जस्लाई चोरले पनि चोर्न सक्दैन । राजाले खोस्न सक्दैन । जति दियो बाड्यो उति बढ्दै जान्छ ।  दाजु भाईमा बाड्नु पर्दैन । बोक्न भारी हुँदैन ।  संसारमा बिद्या बराबरको अर्को कुनै धन छैन । धन त कै छिनको मात्र हुन्छ । धन धेरै हुनेलाई आफ्नो ज्यानको डर भइरहन्छ ।

 तर बिद्वानलाई केहि डर छैन । ढुक्छ छ ऊ । जहाँ जाओस पढेका लेखेका मान्छेको मान सम्मान हुन्छ ।पढेका मान्छेले संसारका जहासुकै गएर पनि सजिलै जिबन बिताउन सक्छन ।


बिकास निर्माणका ठुलाठुलाकाम धनबाटै संभब छन तर ति सबै कार्य पहिला बिद्या द्वारा निर्देशित हुन्छन । पढे लेखे काले धन यत्तिकै कमाउन सक्छन । सबभन्दा ठुलो कुरो धनको संरक्षरण गर्न जोगाउन पनि बिद्या नै चाहिन्छ ।



रिमा चौधरी

कक्षा सात
श्री राष्ट्रिय नि मा बि सखुबनि फत्तेपुर गाबिस सप्तरी

'मेरो प्यारो सखुबनि'


सप्तरी जील्लाको फत्तेपुर गाबिसमा पर्छ मेरो गाऊ -सखुबनी ।यहाँ चौधरीहरू पहाडेभन्दा बढि छन् ।पहाडे र चौधरीहरू सबै जना मिलेर बसेका छन ।
पहिला पहिला  बिजुली पनि आएकै थिएन ।टुकि बाल्नु पर्थ्यो तर ऐले  त बिजुली आएर गाऊ नै झलम्ल भएको छ ।आजभोलि त टुकि पनि बाल्नु पर्दैन ।धेरैको घरमा टिभी छ- आजभोलि ।

शहरमा जस्तो ग्याँसको सुबिधा हुदैन गाउमा ।ग्यास महङ्गो हुन्छ तेसैले सबैले दाउरा कै आगोमा खाना पकाउने ,गाइबस्तुलाई खोले पकाउने गर्छन।दाउराको आगो बाल्न निकै गाह्रो हुन्छ ,लामो लामो सास तानेर फुकीरहनुपर्छ ।भान्सा कोठाभरि धुवैधुवा हुन्छ ।


यहाँ सबैले गाईबस्तु ,बाख्रा पालेका छन् ।तिनिहरूलाई घाँस जंगलबाट ल्याऊनु पर्छ ।म पनि धेरै पटक जंगल गएकी छु ।पैले पैले जङगलकै छेऊ छाऊमा घाँस दाउरा पाईन्थ्यो तर ऐले त जंगलको निकै भित्र भित्र पुग्नुपर्छ ।जंगल मासिदै गएकाले यस्तो भएको हो ।

हाम्रो गाऊ छेऊमा त्रियुगा खोलो छ ।तै खोलो तरेर जंगल जानुपर्छ ।अरु बेला त खोलामा खासै पानी हुदैन तर असार साउनको बर्खामा सधैँ बाढी आऊछ ।बाढी आए पनि गाईबस्तुलाई घाँस त ल्याउनै परयो ।एक भारी घाँसका लागी ज्यानको बाजी लगाउदै खोलो तर्छन यहाँ मान्छे  ।किनकि बाध्यता जो छ ।

म सानै छँदा एक पटक गाऊमै बाढी पसेको थियो  ।ऐले चै पसेको छैन ।किनकी ऐले सानो सानो भए पनि खोलाको कीनारमा बाँध बानिएको छ ।

यहाँका सबै केटाकेटी स्कुल जान्छन् । स्कुलको छुट्टी पछी गोठालो जान्छन् ।गोठालो जाँदा थुप्रै साथिहरु भेला हुन्छन्  खेल्छन् रमाउछन् ।

गाउमा शहरको जस्तो कोलाहल हुदैन ।निकै शान्त हुन्छ यहाको बाताबरण । जतातै फोहोर को डंगुर थुप्रिएको हुदैन ।प्रायः आफ्नै बारीमा फलेका सागसब्जी खान पाईन्छ ।

म यहीँ जन्मीएकी ,हुर्किएकी ले यो गाऊ निकै रमाईलो लाग्छ मलाई  । यहाँको हावापानी ,खेतबारी , साथिहरु ,सरमिसहरु मन पर्छ मलाई ।
बिन्दा निरौला
कक्षा नौँ
श्री गोबर्धन बैराग्य उच्च मा. बि.
फतेपुर सखुनि ।

Saturday, November 9, 2013

video herna photo ma click garnu hola



the sakhubani post deusi vailo karyakram

आदरणीय पाठक बन्धु स्वागत छ तपाइलाई सखुबनी पोस्टमा । यो यौटा ' ई-पत्रिका 'अर्थात इन्टरनेट ...