Sunday, November 24, 2013

'मेरो प्यारो सखुबनि'


सप्तरी जील्लाको फत्तेपुर गाबिसमा पर्छ मेरो गाऊ -सखुबनी ।यहाँ चौधरीहरू पहाडेभन्दा बढि छन् ।पहाडे र चौधरीहरू सबै जना मिलेर बसेका छन ।
पहिला पहिला  बिजुली पनि आएकै थिएन ।टुकि बाल्नु पर्थ्यो तर ऐले  त बिजुली आएर गाऊ नै झलम्ल भएको छ ।आजभोलि त टुकि पनि बाल्नु पर्दैन ।धेरैको घरमा टिभी छ- आजभोलि ।

शहरमा जस्तो ग्याँसको सुबिधा हुदैन गाउमा ।ग्यास महङ्गो हुन्छ तेसैले सबैले दाउरा कै आगोमा खाना पकाउने ,गाइबस्तुलाई खोले पकाउने गर्छन।दाउराको आगो बाल्न निकै गाह्रो हुन्छ ,लामो लामो सास तानेर फुकीरहनुपर्छ ।भान्सा कोठाभरि धुवैधुवा हुन्छ ।


यहाँ सबैले गाईबस्तु ,बाख्रा पालेका छन् ।तिनिहरूलाई घाँस जंगलबाट ल्याऊनु पर्छ ।म पनि धेरै पटक जंगल गएकी छु ।पैले पैले जङगलकै छेऊ छाऊमा घाँस दाउरा पाईन्थ्यो तर ऐले त जंगलको निकै भित्र भित्र पुग्नुपर्छ ।जंगल मासिदै गएकाले यस्तो भएको हो ।

हाम्रो गाऊ छेऊमा त्रियुगा खोलो छ ।तै खोलो तरेर जंगल जानुपर्छ ।अरु बेला त खोलामा खासै पानी हुदैन तर असार साउनको बर्खामा सधैँ बाढी आऊछ ।बाढी आए पनि गाईबस्तुलाई घाँस त ल्याउनै परयो ।एक भारी घाँसका लागी ज्यानको बाजी लगाउदै खोलो तर्छन यहाँ मान्छे  ।किनकि बाध्यता जो छ ।

म सानै छँदा एक पटक गाऊमै बाढी पसेको थियो  ।ऐले चै पसेको छैन ।किनकी ऐले सानो सानो भए पनि खोलाको कीनारमा बाँध बानिएको छ ।

यहाँका सबै केटाकेटी स्कुल जान्छन् । स्कुलको छुट्टी पछी गोठालो जान्छन् ।गोठालो जाँदा थुप्रै साथिहरु भेला हुन्छन्  खेल्छन् रमाउछन् ।

गाउमा शहरको जस्तो कोलाहल हुदैन ।निकै शान्त हुन्छ यहाको बाताबरण । जतातै फोहोर को डंगुर थुप्रिएको हुदैन ।प्रायः आफ्नै बारीमा फलेका सागसब्जी खान पाईन्छ ।

म यहीँ जन्मीएकी ,हुर्किएकी ले यो गाऊ निकै रमाईलो लाग्छ मलाई  । यहाँको हावापानी ,खेतबारी , साथिहरु ,सरमिसहरु मन पर्छ मलाई ।
बिन्दा निरौला
कक्षा नौँ
श्री गोबर्धन बैराग्य उच्च मा. बि.
फतेपुर सखुनि ।

No comments:

Post a Comment