Sunday, November 24, 2013

मेरो भनाई :


सानैदेखि घरबाट टाढा भएर होला गाऊको कुरा गर्ने बित्तिकै ,गाऊको फोटो हेर्ने बितिकै  मन भरिएर आउँछ । दिल खुस हुन्छ । आफु गाऊ पुगे जतिकै आनन्द लाग्छ ।आज घरबाट बाहिर बस्न थालेको 12 बर्ष भएछ ।यो अबधिमा सयौँ चोटी शहरको  यो कोठामा बसेर ति तस्बिर हेरेको छु । पल्टाएको छु ।बारबार । लगातार ।
त्यसैले पनि सोचेँ गाऊको बारेमा गाउको PHOTO ,VIDEO , लेख समेटिने यौटा वेब साईट कीन नबनाऊने ?हाम्रो यो सखुबनी गाऊबाट धेरै दाजु दिदिहरु बिदेश गएका छन् । तिनिहरुले पनि आफ्नो गाउका बारे जानकारि पाउने छन् ।गाउ र ति दाजुहरु बिचको दुरिलाई मेटाउने काम अब यो वेब साईटले गर्नेछ ।भाबनात्मक रूपमा नजिक हुन यौटा पुलको काम गर्ने छ ।

यहाँका भाई बैनीका लेख इन्टरनेटमा कीन नराख्ने ? बिश्व ब्यापी किन नबनाउने ?

सोच आयो । अनि काम थालेँ ।अनि जन्मीयो सखुबनी पोष्ट - www.sakhubani.blogspot.com  ।

यस पटकको दशैँमा घर गएको थिएँ ।त्याहाँ गाउको जिर्ण स्कुल देखेँ दु:ख लाग्यो । हामीले पढ्दा भन्दा धेरै राम्रो ठाऊ भएछ तर ब्यबस्थापन गैर गुज्रेको ।जम्मा 5 शिक्षकले शिशु कक्षा देखी आठसम्म हेनु पर्ने । र अब त 4 जनाले हेर्दै छन् रे ।मलाइ थाहा छैन त्याहाँको ब्यबस्थापनमा राजनिती छ या छैन तर यौटा कुरा पक्का छ गडबड पक्का छ । यस्तै चाल भए दुई चार बर्षमा स्कुल सायद बन्द होला ।

तसर्थ मेरो आग्रह बिसेस त यहिँका बासिन्दालाई यो छ की -तपाइले जसरि सक्नुहुन्छ स्कुललाई सहयोग गर्नुस् ।

गाउ गएका बेला दूई चार दिन पढाएर हुन्छ की , पुराना किताब स्कुललाई दिएर हुन्छ की ,त्याहाँको ब्यबस्थापनमा भएको गडबडि गर्नेलाइ औला ठड्याएर हुन्छ की कसरि सकिन्छ तेसै गरि गर्नुस् ।

सक्नुहुन्छ सहयोग गर्नु सक्नु हुन्न भने कमसे कम गाउ आएका बेला के कस्तो छ स्कुल ? यहाका केटाकेटि को पढाई बुझिदिनुस ।त्यति मात्र तपैले गरे पनि धेरै हुनेछ ।

यस पटक गाउ जाँदा मैले एक हप्ता पढाएँ कक्षा 5 ,6,7 र 8 लाइ ।दुई चार ओटा कीताब बुझाएँ ।करले हैन रहरले । गाउ प्रतिको मायाले । स्कुलप्रतिको मायाले ।र आज यो web-site तयार गर्दैछु । यो वेब साईट कस्तो लाग्छ प्रतिक्रिया दिनुहुन बिनम्र अनुरोध छ  । राम्रो लाग्छ अरूलाई भन्नुस । नराम्रो लाग्छ मलाई भन्नुस । तपैको सेवामा हाजिर छ यो निरक्षर ।


निरक्षर निरौला शंकर  
संपर्क 9843584348

No comments:

Post a Comment