Sunday, November 24, 2013

मेरो भनाई :


सानैदेखि घरबाट टाढा भएर होला गाऊको कुरा गर्ने बित्तिकै ,गाऊको फोटो हेर्ने बितिकै  मन भरिएर आउँछ । दिल खुस हुन्छ । आफु गाऊ पुगे जतिकै आनन्द लाग्छ ।आज घरबाट बाहिर बस्न थालेको 12 बर्ष भएछ ।यो अबधिमा सयौँ चोटी शहरको  यो कोठामा बसेर ति तस्बिर हेरेको छु । पल्टाएको छु ।बारबार । लगातार ।
त्यसैले पनि सोचेँ गाऊको बारेमा गाउको PHOTO ,VIDEO , लेख समेटिने यौटा वेब साईट कीन नबनाऊने ?हाम्रो यो सखुबनी गाऊबाट धेरै दाजु दिदिहरु बिदेश गएका छन् । तिनिहरुले पनि आफ्नो गाउका बारे जानकारि पाउने छन् ।गाउ र ति दाजुहरु बिचको दुरिलाई मेटाउने काम अब यो वेब साईटले गर्नेछ ।भाबनात्मक रूपमा नजिक हुन यौटा पुलको काम गर्ने छ ।

यहाँका भाई बैनीका लेख इन्टरनेटमा कीन नराख्ने ? बिश्व ब्यापी किन नबनाउने ?

सोच आयो । अनि काम थालेँ ।अनि जन्मीयो सखुबनी पोष्ट - www.sakhubani.blogspot.com  ।

यस पटकको दशैँमा घर गएको थिएँ ।त्याहाँ गाउको जिर्ण स्कुल देखेँ दु:ख लाग्यो । हामीले पढ्दा भन्दा धेरै राम्रो ठाऊ भएछ तर ब्यबस्थापन गैर गुज्रेको ।जम्मा 5 शिक्षकले शिशु कक्षा देखी आठसम्म हेनु पर्ने । र अब त 4 जनाले हेर्दै छन् रे ।मलाइ थाहा छैन त्याहाँको ब्यबस्थापनमा राजनिती छ या छैन तर यौटा कुरा पक्का छ गडबड पक्का छ । यस्तै चाल भए दुई चार बर्षमा स्कुल सायद बन्द होला ।

तसर्थ मेरो आग्रह बिसेस त यहिँका बासिन्दालाई यो छ की -तपाइले जसरि सक्नुहुन्छ स्कुललाई सहयोग गर्नुस् ।

गाउ गएका बेला दूई चार दिन पढाएर हुन्छ की , पुराना किताब स्कुललाई दिएर हुन्छ की ,त्याहाँको ब्यबस्थापनमा भएको गडबडि गर्नेलाइ औला ठड्याएर हुन्छ की कसरि सकिन्छ तेसै गरि गर्नुस् ।

सक्नुहुन्छ सहयोग गर्नु सक्नु हुन्न भने कमसे कम गाउ आएका बेला के कस्तो छ स्कुल ? यहाका केटाकेटि को पढाई बुझिदिनुस ।त्यति मात्र तपैले गरे पनि धेरै हुनेछ ।

यस पटक गाउ जाँदा मैले एक हप्ता पढाएँ कक्षा 5 ,6,7 र 8 लाइ ।दुई चार ओटा कीताब बुझाएँ ।करले हैन रहरले । गाउ प्रतिको मायाले । स्कुलप्रतिको मायाले ।र आज यो web-site तयार गर्दैछु । यो वेब साईट कस्तो लाग्छ प्रतिक्रिया दिनुहुन बिनम्र अनुरोध छ  । राम्रो लाग्छ अरूलाई भन्नुस । नराम्रो लाग्छ मलाई भन्नुस । तपैको सेवामा हाजिर छ यो निरक्षर ।


निरक्षर निरौला शंकर  
संपर्क 9843584348

मेरो जिबनको लक्ष्य


सबैले आफ्नो जिबनमा केहि न केहि बन्ने लक्ष्य लिएकै हुनुपर्छ । लक्ष्यहिन जिबन बरालिएको हुन्छ ।जिबनमा कै गर्छ भन्नेहरूले सानैमा लक्ष्य पछ्याउन थाल्नुपर्छ ।सानैदेखि लक्ष्य अनुसार हिडे त्यसले धेरै कुरा गर्न सक्छ ।अनि लक्ष्य पनि हावाको भरमा लिनु हुदैन ।आफ्नो रूचि रक्षमताका आधारमा लिनु पर्छ । लक्ष्य पुर्तीका लागी सानै देखि लाग्नुपर्छ । आफुभन्दा ठुला ,आफ्ना गुरू ,शुभचिन्तकहरूको कुरा सुनेर बुझेपछि मात्रै कुनै क्षेत्रमा लागेको राम्रो ।

यि सबै कुरालाई ध्यानमा राखि मैले डाक्टर बन्ने लक्ष्य राखेको छु । डाक्टरी पेशा समाजमा सम्मानित पेशा हो ।अर्को कूरो चै यस पेसाबाट जिबन सहज हुने अनि सेवा पनि गर्न पाइन्छ ।तर सुन्छु डाक्टर बन्न निकै गाह्रो छ रे । निकै खर्च लाग्छ रे । तै पनि म आत्तिएको छैन । डराएको छैन । घरबाट बुवा आमाले त्यति धेरै पैसा खर्च गर्नै सक्नुहुन्न थाहा छ मलाइ । तर कै छैन । खाने मुखलाई जुँगाले कैले पो छेकेको छ र ? म राम्ररी पढ्दै गएर नेपाल सरकारको छात्रब्रितिमा  नाम निकालेर पढ्नेछु ।पढ्छु पढ्छु ।

संसारमा कस्ता कस्ता गरिबले त नाम निकालेर पढेका छन भने के मैले नाम निकाल्न नसकुँला र ? सक्छु ।थाहा छ गाह्रो छ । तर गाह्रो काम गर्नेहरू नै त ठूला महान हुने हुन ।

त्यसैले म अहिले देखि नै कठोर परिश्रममा लागेको छु ।हेरौँ मेरो लक्ष्य कसो पुरा नहोला ? भोलिका दिनमा डाक्टर भएर म समाजसेवा मात्रै गरि बसुँला भनि तपैलाई ढाटदिनँ । बाच्नका लागि पैसा चाहिन्छ थाहा छ मलाई । तर राम्रो डाक्टर भए पछि पैसा यत्तिकै कमाईन्छ । गाउ गाऊमा गएर म नि शुल्क जाँच शिबिर चलाउनेछु । दुई रूपैयाको सिटामोल नपाएर मान्छे मर्ने यो देशमा मलाई धेरै कुरा गर्न मन छ डाक्टर भएर ।


पैसाका लागि डाक्टर हरु बिरामीको जिबनसँग खेलबाड गरेको खबर सुनिन्छ आजकाल । पैसै ठुलो कुरो हैन । पैसा त भोलि फेरि फेरि पनि आउला तर मान्छे मरे पछि कहिल्रै फर्केला र ?

दुरदराजका गाउलेलाई औषधि उपचार गर्दैमा यो जिबन बिताउने रहर छ मेरो । आफ्नो लागि त पशु पनि बाच्छ । हामिले मान्छेले त अरूकालागि बाच्न सक्नुपर्छ । अरूलाई बचाउन सक्नू पर्छ ।यो भन्दा ठुले धर्म अरू के होला र ? त्यसैले म डाक्टर बनेर त्यहि धर्म गर्न चाहान्छू ।


नबराज अधिकारी
कक्षा आठ
सखुबनी जिल्ला :सप्तरी
श्री राष्ट्रिय नि .मा .बि. सखुबनी